Kathmandu Press

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पताल महारागञ्ज भर्ना गरिएको छ ।

प्रधानम....

प्रधानमन्त्री ओली अस्पताल भर्ना
फाइल फोटो

काठमाडौं, फागुन २२ : प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पताल महारागञ्ज भर्ना गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान अस्पताल भर्ना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नियमित उपचारका लागि थाइल्यान्डको बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले शिक्षण अस्पताल भर्ना गरिएको जनाएको छ ।

नियमित स्वास्थय परीक्षणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्रीको रगतको नमूना लिने, एक्स–रे गर्नेलगायतका काम भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उनलाई आज अस्पतालमै राखिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई यस अघि पनि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । केही दिन उपचारपछि नियमित काममा फर्किएका थिए ।

१२ वर्ष अघि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनी नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, फागुन २२, २०७५