Kathmandu Press

काठमाडौंको रविभवनमा सेनाका प्रमुख सेनानी सवार कार दुर्घटना, एकको मृत्यु 

काठमाडौं, वैशाख २६ : काठमाडौंको रविभवनमा मोटरसाइकाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङका टीकारान गोलाल ....

काठमाडौंको रविभवनमा सेनाका प्रमुख सेनानी सवार कार दुर्घटना, एकको मृत्यु 

काठमाडौं, वैशाख २६ : काठमाडौंको रविभवनमा मोटरसाइकाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङका टीकारान गोलाल रहेका छन् । 

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल शुक्रबार बिहान आपसमा ठोक्किएको थियो।

कारमा सवार रहेका नेपाली सेनाको प्रमुख सेनानी शिखर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेको छ।

मोटरसाइकलले ओभरटेक गर्दै गलत लेनमा गएको कारण दुर्घटना भएको ट्राफिक प्रहरीका इन्स्पेक्टर पुरूषोत्तम कार्कीले बताए। दुर्घटनमा गोलालको घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्