यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।
काठमाडौं, असार ३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत(आठौं तह) कमल राज गौतम विरुद्ध आरोप पत्र दायर गरेको छ।
गौतमविरुद्ध सेवामा रहँदा पदीय मर्यादाविपरित गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारका अनुसन्धान गर्दा साढे २ करोडभन्दा बढी स्रोत नखुल्ने सम्पत्ति भेटिएको अख्तियारको दाबी छ।
अनुसन्धानका क्रममा २०५५ सालमा सेवा प्रवेश गरेका गौतमले ०७९ चैतसम्मको अवधिमा वैध आयभन्दा २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ रुपैयाँ ७१ पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।
उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरितका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।
प्रकाशित मिति: १५:४० बजे, मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार