Kathmandu Press

कोरोना परीक्षणका लागि नेपालगञ्जमा ६ सयको स्वाब संकलन

बाँके, वैशाख २६ : संक्रमितको सम्पर्कमा आएका नेपालगञ्जका ६ सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ। उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ।

कोरोना परीक्षणका लागि नेपालगञ्जमा ६ सयको स्वाब संकलन

बाँके, वैशाख २६ : संक्रमितको सम्पर्कमा आएका नेपालगञ्जका ६ सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ। उनीहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भएको छ।

बाँकेको नेपालगन्ज उपमहानगरका एक जनामा कोरोना देखिएको थियो। उनको सम्पर्कमा आएका एक सय ९५ जनाको परीक्षण गर्दा २२ जनामा कोरोना देखिएको थियो।

अब उनीहरको सम्पर्कमा आएका ६ सय जनाको नमुना संकलन गरिउको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोभिड–१९ फोकल पर्सन नरेशमान श्रेष्ठले बताए। उनीहरुमध्ये चार सय १२ जनाको नतिजा नेगेटिभ आएको छ। अब एक सय ८४ जनाको रिपोर्ट आउँन बाँकी रहेको श्रेष्ठले बताए।

नेपालगञ्जको एउटै वस्तीमा अहिलेसम्म २३ जनामा कोरोना देखिएको छ। उनीहरु सबैको कन्ट्याक्ट ट्रेसिन भइरहेको छ। यसमा विश्व स्वास्थ्य संगठनको टोलीसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि खटिएका छन्।

 

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्