Kathmandu Press

समाजवादी यौद्धा शाश्त्रीको निधनमा सभापति देउवाद्वारा शोक व्यक्त 

कांग्रेस सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। 
समाजवादी यौद्धा शाश्त्रीको निधनमा सभापति देउवाद्वारा शोक व्यक्त 

काठमाडौं, असार २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता एवम् पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

पूर्वमन्त्री समेत रहेका समाजवादी चिन्तक शास्त्रीको ९० वर्षको उमेरमा आज बिहान निधन भएको हो। कांग्रेस सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

Hardik ivf

देउवाले शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहेको पार्टीले जनाएको छ। कांग्रेसले सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा उनले पु¥याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने बताएका छन्। 

शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय, सानेपामा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ। 

दिवंगत नेता शाश्त्रीले जननायक विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर काम गरेका थिए। 

आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । शाश्त्रीको ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ। 
 

प्रकाशित मिति: १७:५५ बजे, सोमबार, असार २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्