Kathmandu Press

लुम्बिनीमा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट 

चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत विनियोजन भएको हो। 
लुम्बिनीमा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट 

दाङ, असार १ : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ

लुम्बिनी प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्। 

Hardik ivf

चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत विनियोजन भएको हो। 

वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले ‘समृद्ध लुम्बिनी ः खुसी नागरिकको दिर्घकालिन आकांक्षा’ को संकल्प गरेको छ। 

बजेटमा कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वाथ्य सेवामा पहुँच, दिगो पूर्वाधार विकास, उद्यमशिलता विकास, सामाजिक न्याय सहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजना, गरिबी निवारणलगायत बिषयलाई  प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्