Kathmandu Press

सामाजिक सुरक्षा भत्ता भ्रष्टाचारमा १७ विरुद्ध मुद्दा 

बाँके जिल्लाको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तव र तत्कालीन सचिव सावित राम कुर्मीलगायतलाई प्रतिबादी बनाएर मुद्दा दायर गरिएको हो। 
सामाजिक सुरक्षा भत्ता भ्रष्टाचारमा १७ विरुद्ध मुद्दा 

काठमाडौं, असार १ : आपसी मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उक्त मुद्दा दर्ता गरेको हो।

Hardik ivf

बाँके जिल्लाको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजय कुमार श्रीवास्तव र तत्कालीन सचिव सावित राम कुर्मीलगायतलाई प्रतिबादी बनाएर मुद्दा दायर गरिएको हो। 

अख्तियारको अनुसन्धानबाट आपसी मिलेमतोमा सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार सात सय रुपियाँ हिनामिना गरेको तथ्य फेला परेको छ। 

आर्थिक वर्ष २०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिलाई नागरिकतामा उल्लिखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गरिएको दाबी अख्तियारले गरेको छ। 

श्रीवास्तवसहित सामाजिक सुरक्षा भत्ता बुझी लिने साहजीमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौं मुराउ, जंगली कडरिया, हरिराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीलाई भ्रष्टाचारमा प्रतिबादी कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग राखेर आरोपपत्र दर्ता भएको छ। 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्