Kathmandu Press

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो बजेट वक्तव्य अनुमोदन

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३४ अर्ब ८४ करोडको बजेट ल्याएको थियो। अहिले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेटको आकार बढाएको छ।
गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो बजेट वक्तव्य अनुमोदन

काठमाडौं, असार १ : गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले आइतबार आगामी आर्थिक वर्ष २०८/०८३ का लागि बजेट वक्तव्य अनुमोदन गरेको छ। 

गण्डकी प्रदेश मन्त्रिपरिषद् कार्यालयले बजेट अनुमोदन गरेको हो। मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय समेत गरेको छ। 

Hardik ivf

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३४ अर्ब ८४ करोडको बजेट ल्याएको थियो। अहिले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेटको आकार बढाएको छ।

बागमती प्रदेश सरकारले भने बजेट ल्याउन ढिलाई गरेको छ। बागमती प्रदेश सरकारले बजेटको लागि तीन बजे प्रदेश सभा बोलाए पनि बेलुका ६ बजे बस्ने गरी स्थगित गरेको छ। 

लुम्बिनी प्रदेश मन्त्रिपरिषदले पनि बजेट स्वीकृत गरेको छ। 

 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्