Kathmandu Press

‘न्यायमा विचलन ल्याउन न्यायपालिकामाथि आक्रमण’

न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामा भएको आक्रमण न्यायाधीशमाथि मात्रै नभई न्यायपालिकामाथिकै आक्रमण रहेको ठहर डिएलएको छ।
‘न्यायमा विचलन ल्याउन न्यायपालिकामाथि आक्रमण’

काठमाडौं, असार १ : उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति नेपाल डेमोक्रेटिक लयर्श एशोसिएसन (डिएलए) कडा शब्दमा भ्रत्र्सना सहित विरोध जनाएको छ। 

न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामा भएको आक्रमण न्यायाधीशमाथि मात्रै नभई न्यायपालिकामाथिकै आक्रमण रहेको ठहर डिएलएको छ। डिएलएका महासचिव ज्ञानेन्द्रप्रसाद अधिकारीले एक विज्ञप्तिमा घटनाको निन्दा र भर्त्सना ना गर्दै संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत माग गरेको छ।

गत विहीबार नेकपा (बहुमत) का कार्यकर्ताहरुले इजलासमै प्रवेश गरी न्यायाधीशहरु थारु र महर्जनमाथि कालो मोसो छ्यापेका थिए । कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै इजलासमै न्यायाधीशहरुमाथि दुव्र्यवहार भएको हा ।

Hardik ivf

डिएलएले उक्त घटनाप्रति गंभिर ध्यानाकर्षण भएको बताउँदै इजलासमै हुलहुज्जत गर्ने, न्यायमा अवरोध गर्ने, राजनीतिक दल तथा तिन्का भ्रातृ संगठनका नाममा गैरकानुनी हर्कत गरी तर्साउन खोज्ने, न्यायाधीशको मानमर्दन गर्ने जस्ता कार्यले न्यायसंपादमा असर पर्ने मात्र नभै न्यायमै विचलन पैदा गर्ने महासचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

अवाञ्छित र गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सम्बद्ध निकायसँग माग गर्दै महासचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अघि भनिएको छ, ‘न्याय संपादन भीडको निर्देशन वा राजनीतिक दलको अभिमत बमोजिम हुने विषय होइन । यो केवल मिशिल संलग्न तथ्य, प्रमाण, इजलासमा कानुनव्यवसायीले गर्ने वहश पैरवी तथा सम्बद्ध कानुन र सिद्धान्त वमोजिम न्यायाधीशले उच्चतम न्यायिक मन र विवेकको प्रयोग गरी गरिने न्यायिक निर्णय हो । तथ्य, प्रमाण र कानुन बाहेक अन्य कुराले न्याय संपादनमा तात्विक असर र प्रभाव पार्न सक्दैन ।’ 

फैसला वा आदेशमा चित्त नबुझे पुनरावेदन गर्न पाउने कानुनी हकको उपयोग सम्वन्धित पक्षको कर्तव्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ।  

डिएलएले स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, मानवअधिकार, संवैधानिक सर्वोच्चता, कानुन तथा विधिको शासन, सामाजिक न्यायको सिद्धान्त र जवाफदेही न्यायपालिकाको लागि आवाज उठाउँदै आएको तथ्य समेत विज्ञप्तिमार्फत स्मरण गराइएको छ। 

डिएलए महासचिव अधिकारीले काठमाडौं प्रेशलाई प्रतिक्रिया दिनेक्रममा न्यायाधीशहरुमाथिको आक्रमण न्यायाधीशलाई तर्साएर न्यायमा विचलन ल्याउने कुत्सित मनसाय भएको बताए। 

महासचिव अधिकारीले भने, ‘घटना निन्दनीय त हुँदै हो। यो आक्रमण न्यायाधीशमाथि मात्रै नभई न्यायपालिकामाथिकै आक्रमणका रुपमा हामीले लिएका छौं।’ 

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्