Kathmandu Press

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौं : गृहमन्त्री थापा

धनगढी, फागुन २२ : गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाएर कानूनको कठघरामा ल्याइछाड्ने प्र....

निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौं : गृहमन्त्री थापा
रासस

धनगढी, फागुन २२ : गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाएर कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता गरेका छन् ।

बुधबार धनगढीमा पत्रकारसँग कुराकानी गर्दै गहृमन्त्री थापाले भने, ‘छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।’ घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको उनको भनाइ थियो । तथापि, अहिले पनि अनुसन्धान जारी रहेको गहृमन्त्री थापाले बताए ।

पत्रकारले सोधेको प्रश्नको जफामा गहृमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका क्रियाकलापप्रति सरकार गम्भीर रहेको बताए । उनले भने, ‘केही समूहबाट यो बीचमा विष्फोटन र ध्वंसात्मक गतिविधि गर्ने काम भइरहेको छ । यी घटनामा सरकार गम्भीर बनेको छ ।’

उनले विप्लव माओवादीलाई कारवाही गरिने बताए । ‘यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिइरहेका छौं, कानुनअनुसार कारवाही हुन्छ,’ गहृमन्त्री थापाले भने ।

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले संघीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको बताए ।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, फागुन २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्