अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिप
इंग्ल्यान्ड्सको लड्समा भएको आईसिसी टेस्ट च्याम्पियन्सिप फाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसिसीको उपाधि जितेको हो।
काठमाडाैं, जेठ ३१ : सधैं अभागी टिमका रुपमा छवि बनाएको दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसिसीको ट्रफी जितेको छ। इंग्ल्यान्ड्सको लड्समा भएको आईसिसी टेस्ट च्याम्पियन्सिप फाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले २७ वर्षपछि आईसिसीको उपाधि जितेको हो।
उसले सन् १९९९मा च्याम्पियन्स ट्रफी जितेयता ३ फाइनल खेले पनि उपविजेतामै समिति भएको थियो। यसबीचमा उसले २ महिला टि–२० र पुरुष टि–२० फाइनल खलेको थियो।
लड्समा अस्ट्रेलियालाई हराउँदै च्याम्पियन बनाउने क्रममा चौथो इनिङमा उसले २८२ रनको लक्ष्य पछ्यो। उसका लागि ओपनर एइडन मारक्रमले शतकीय पारी खेले। उनले २०७ बलमा १४ चौका मद्दतमा १३६ रन बनाए। यसतै, कप्ता टेम्बा बावुमाले ६६ रन बनाउँदा विअन मुल्डरले २७ र डेविड बेडिङ्घमले २१ रन बनाए।
बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोश हेजलवुड र पाट कमिन्सटले समान १ विकेट लिए। योसँगै हेजलवुडल कहिअरकै पहिलो फाइलन हारेका छन्। यसअघि उनले खलेका सबैफाइनल जितेका थिए।
टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रृलियाले पहिलो इनिँमा २१२ रन बनाएको थियो। उसका बेउ वेबस्टरले सर्वाधिक ७२ रन बनाउँदा स्टिभ स्मिथले ६६ रन बनाएका थिए। बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ५ तथा मार्को यान्सनले ३ विकेट लिएका थिए।
यता, दक्षिण अफ्रिका भने पहिलो इनिङमा १३८ रनमै समेटिएको थियो। उसका बेठिङ्घमले सर्वाधिक ४५ रन बनाउँदा कप्तान बावुमाले ३६ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। बलिङमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले ६ विकेट लिँदा मिचेट स्टार्कले २ विकेट लिएका थिए।
त्यसपछि दोस्रो इनिङमा अस्ट्रेलियाले अन्त्यतिर स्टार्कको बहादुरीपूर्ण ब्याटिङ मद्दतमा २०७ रन बनायो। स्टार्कले १३६ बलमा ५ चौका मद्दतमा ५८ रन बनाए। यस्तै, एलेक्स क्यारीले ४३, मार्नुस लाबुसेनले २२ र जोश हेजलवुडले १७ रन बनाए। बलिङमा कागिसो रबाडा ४ तथा लुंगी एनगिदीले ३ विकेट लिए
