Kathmandu Press

इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान

शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो। 
इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान

एजेन्सी, जेठ ३१ : इरान र इजरायलबीच शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन्।

इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको हो। 

Hardik ivf

शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो। 

प्रक्षेपण पछि, मध्य र उत्तरी इजरायलका ठूला क्षेत्रहरूमा साइरनहरू सक्रिय भएका थिए। र खसेका प्रक्षेपणहरूबाट हुने विस्फोटहरू सुनिएको आइडीएफले जनाएको छ।

बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक आक्रमण गरेको थियो। त्यसपछि इरानले पनि इजरायलमाथि जबाफी हमला गरेको हो। त्यो क्रम शुक्रबार पनि जारी रह्यो।

यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन्।
 

प्रकाशित मिति: १३:१० बजे, शनिबार, जेठ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्