Kathmandu Press

संवैधानिक कानुन व्यवसायी मञ्चले माग्यो न्यायाधीशको सुरक्षा 

‘विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ। साथै, मञ्चले सभ्य समाजका न्यूनतम मानकहरूसमेत भत्काउने हदसम्मको अपराध भएको हुँदा अक्षम्य रहेको ठहर समेत गरेको छ।'
संवैधानिक कानुन व्यवसायी मञ्चले माग्यो न्यायाधीशको सुरक्षा 

काठमाडौं, जेठ ३० : उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीशमाथि इजलासमा भएको मोसो आक्रमणलाई लिएर संवैधानिक कानुन व्यवसायी मञ्चले गंभिर आपत्ति जनाउँदै न्यायाधीशको सुरक्षा माग गरेको छ। 

मञ्चले राजनीतिक आवरणमा आक्रमण भएको बताउँदै यस्तो कार्य निन्दनीय मात्र नभई प्रचलित कानुनबमोजिम दण्डनीय पनि रहेको बताएको छ। 

Hardik ivf

अध्यक्ष ओमप्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ। साथै, मञ्चले सभ्य समाजका न्यूनतम मानकहरूसमेत भत्काउने हदसम्मको अपराध भएको हुँदा अक्षम्य रहेको ठहर समेत गरेको छ।'

साथै, न्यायाधीशमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग समेत गरिएको छ। मञ्चले यस किसिमका घटना दोहोरिन नदिन र न्यायाधीशको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ। 

दोषीहरूमाथि कारबाही नभए राजनीतिको अपराधीकरणको दुष्चक्रमा मुलुक फस्ने चेतावनी समेत मञ्चले दिएको छ । बिहीबार नेकपा बहुमतका कार्यकर्ताले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा.खुसीप्रसाद थारूमाथि इजलासमै कालो मोसो छ्यापेका थिए।

गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको विरोधमा न्यायाधीशमाथि कालो मोसो छ्यापिएको थियो। मोसो दल्ने तीनजनालाई प्रहरीले पक्राउ गरी कारबाह अघि बढाएको छ।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, जेठ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्