Kathmandu Press

स्याङ्जाको नवग्रह मन्दिर पुगिन् माता राधिका दासी 

मन्दिरको दर्शन गर्दै दासीले आफूले सुनेको भन्दा प्रत्यक्ष आएर दर्शन गर्दा मन्दिर अझ बिशेष लागेको र पालिकाले आफ्नै सक्रियतामा नेपालमै पहिलो नवग्रह मन्दिर निर्माण गरेको भन्दै पालिकालाई धन्यवाद समेत दिइन्। 
स्याङ्जाको नवग्रह मन्दिर पुगिन् माता राधिका दासी 

स्याङ्जा, जेठ २९ : ख्यातिप्राप्त कथा वाचिका माता राधिका दासीले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन साथै पुजाआजा गरेकी छिन् । 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका रहेको अर्जुनचौपारी गाउँपालिका पुग्दा माता दासीलाई पालिका अध्यक्ष प्रकाश तिवारी लगायतकाले भव्य स्वागत गरेका हुन्।

Hardik ivf

मन्दिरको दर्शन गर्दै दासीले आफूले सुनेको भन्दा प्रत्यक्ष आएर दर्शन गर्दा मन्दिर अझ बिशेष लागेको र पालिकाले आफ्नै सक्रियतामा नेपालमै पहिलो नवग्रह मन्दिर निर्माण गरेको भन्दै पालिकालाई धन्यवाद समेत दिइन्। 

a7c5f437-ed3f-4cda-ba1c-0af9d21d9ed8-1749739135.jpg

गत फाल्गुन ६ देखि १४ गते सम्म एक करोड २५ लाख दिप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गरिएको नवग्रह मन्दिरमा हालसम्म एक लाख भन्दा वढी भक्तजनले अवलोकन गरिसकेका छन् भने १ करोड बढी भेटी संकलन भईसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले बताए। 

अर्जुनचौपारीमा अवस्थित नवग्रह मन्दिर अहिले चर्चामा रहेको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय भक्तजन र दर्शनार्थी आकर्षण सफल भएको छ। तिथि विशेष र हरेक शनिबार यो मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ।
 

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, जेठ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्