Kathmandu Press

नेपालले वेस्ट इन्डिजसँग टि–२० सिरिज खेल्ने

युएईको सारहजाह क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेलमा २७ सेप्टेम्बरमा हुने छ भने दोस्रो खेल २८ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ।
नेपालले वेस्ट इन्डिजसँग टि–२० सिरिज खेल्ने

काठमाडाैं, जेठ २९ : नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक आईसिसीको पूर्ण सदस्य राष्ट्रसँग सिरिज खेल्ने भएको छ। 

नेपालले पहिलो पटक पूर्णसदस्य वेस्टइन्डिजसँग टि–२० सिरिज खेल्ने भएको हो। यो सिरिज न्यूट्रल भेन्यू युएईको सारहजाह क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।

Hardik ivf

क्यानका अनुसार आगामी सेप्टेम्बरमा हुने सिरिज ३ खेलको हुनेछ। पहिलो खेलमा २७ सेप्टेम्बरमा हुने छ भने दोस्रो खेल २८ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ।

नेपालले टि–२० विश्वकपको एसिया छनोटको तयारीका लागि वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो। 

यसअघि नेपालले घरेलु मैदानमा वेस्टइन्डिजन एसँग एकदिवसी सिरिज खेलेको थियो। 

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, जेठ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्