Kathmandu Press

भूमि आयोगले माग्यो जग्गा प्राप्तिका लागि निवेदन 

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउने प्रयोजनको लागि तोकेको ढाँचा बमोजिम निवेदन फाराम भर्न भनेको छ। 
भूमि आयोगले माग्यो जग्गा प्राप्तिका लागि निवेदन 

काठमाडौं, जेठ २९ : भूमि समस्या समाधान आयोगले जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।

आयोगले बिहीबार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आव्हान गरेको हो। 

आयोगले सूचना जारी गर्दै ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडामा तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको छ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउने प्रयोजनको लागि तोकेको ढाँचा बमोजिम निवेदन फाराम भर्न भनेको छ। 

आयोगले विहीबार जेठ २९ गतेदेखि ३५ दिनभित्रको म्याद तोक्दै स्थानीय तहबाट वडाका जोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् निवेदन पेस गर्न भनेको छ। 

निवेदनका लागि ५३ जिल्ला र स्थानीय तहहरु तोकिएको छ। 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, जेठ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्