Kathmandu Press

सुनको मूल्य तोलामा १६ सय बढ्यो, कतिमा हुँदै छ कारोबार?

बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६ सयले वृद्धि भएको छ भने चाँदीमा १५ ले गिरावट आएको छ। 
सुनको मूल्य तोलामा १६ सय बढ्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौं, जेठ २९ : गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। 

बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६ सयले वृद्धि भएको छ भने चाँदीमा १५ ले गिरावट आएको छ। 

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १५० मा कारोबार भइरहेको छ। 

गत मंगलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी  दुई हजार १६५ मा कारोबार भएको थियो। 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्