Kathmandu Press

निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

उक्त सयमसिमाभित्र सर्वसाधाण तर्फको २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरुबाट ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजार रुपैयाँको लागि आवेदन परेको थियो। 
निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन

काठमाडौं, जेठ २८ : नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन्।

७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी निफ्राले जारी गरेको ५ अर्बको हरित उर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो। 

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो।

उक्त सयमसिमाभित्र सर्वसाधाण तर्फको २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरुबाट ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजार रुपैयाँको लागि आवेदन परेको थियो। 

प्राईभेट प्लेसमेन्ट तर्फको ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट १५ अर्ब ५९ करोड ५५ लाख रुपैयाँको लागि आवेदन परेको थियो। यो ऋण पत्रको प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, जेठ २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्