Kathmandu Press

आज दुई वटा संसदीय समितिको बैठक बस्दै 

बुधबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ । दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, जेठ २८ : संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ । 

बुधबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ । दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७६ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । 

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २८१ औँ बैठक बिहानको ११ः३० बस्दैछ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गरिने छ । 
 

प्रकाशित मिति: ०८:१६ बजे, बुधबार, जेठ २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्