Kathmandu Press

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।  
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, जेठ २७ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको उक्त सभा सोमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। 

काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।  

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बोनस सेयर वितरणसँगै नियमकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्तापूँजी पुग्नेछ। सभाले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ।
 
प्रकाशित मिति: २१:०७ बजे, मंगलबार, जेठ २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्