Kathmandu Press

राजविराज नगरपालिकामा झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

आन्दोलनले झडपको रुप लिँदा लेखा अधिकृत शत्रुधनलाल दासमाथि कार्यालय परिसरमै कुटपिट समेत भएको छ। घाइते बनेका दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।
राजविराज नगरपालिकामा झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

सप्तरी, जेठ २७ : राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडपको अवस्था सिर्जना भएको छ। 

प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको विषयमा झडपको अवस्था आएको हो।

आन्दोलनले झडपको रुप लिँदा लेखा अधिकृत शत्रुधनलाल दासमाथि कार्यालय परिसरमै कुटपिट समेत भएको छ। घाइते बनेका दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ। 

प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा गराएर आठौं तहका शिक्षा शाखामा कार्यरत कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त दिएको भन्दै एउटा पक्ष आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरी धर्नामा बसिरहेको छ। 

आन्दोलनकारीले नगरपालिकाको कार्यालयमै कार्यवाहक मेयर इसरत परविनलाई थुनेका छन् । अहिले नगरपालिकाको कार्यालयमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ। 

प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्