Kathmandu Press

नेप्से दोहोरो अंकले बढ्यो

आज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा १० अर्ब १६ करोड नौ लाख ८१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं, जेठ २७ : नेप्से परिसूचकमा दोहोरो अंकले बढेको छ। को सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ .०७ अंकले बढेर २६७८.१७ को विन्दुमा कायम भएको हो।

आज ३११ कम्पनीको दुई करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर ८१ हजार ७३८ पटक खरिदबिक्री हुँदा १० अर्ब १६ करोड नौ लाख ८१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

Hardik ivf

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह ५.१२ प्रतिशतले बढेको हो। बैंकिङ ०.९३, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.४६, लगानी ०.६८ र जीवन बिमा १.०८ प्रतिशतले बढेको हो। 

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.६१, म्युचुअल फन्ड ०.२३, निर्जीवन बिमा १.२६, व्यापार १.०७ र अन्य समूह १.५१ प्रतिशतले बढेको हो।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु ५८ करोड ४९ लाख ५३ हजार ८७१ बराबरको २६ लाख ३३ हजार ७२८ कित्ता किनबेच भएको छ।

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्