Kathmandu Press

‘संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य छ’

सोमबार संघीय संसद भवन बाहिर बोल्दै उनले सत्ता पक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरुकै कारण सहमतिमा पुग्न नसकेको बताए। 
‘संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य छ’

काठमाडौं, जेठ २६ : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदन चलाउने कुरामा प्रधानमन्त्रीको पहलकदमी शून्य रहेको बताएका छन्। 

सोमबार संघीय संसद भवन बाहिर बोल्दै उनले सत्ता पक्षबाट अलि लचिलो नभएको भन्दै उहाँहरुकै कारण सहमतिमा पुग्न नसकेको बताए। 

‘सत्ता पक्ष आफ्नो हटबाट पछाडि हटेन। उहाँहरु समिति पनि नबनाउने, राजीनामा पनि नदिने कुरा गर्नुभयो। सत्ता पक्षबाट अलि लचिलो भएर पेश हुनुपर्ने थियो। त्यो नभएका कारण सदन चल्न सकेको छैन,’ उनले भने, ‘सदन चलाउने कुरामा प्रधानमन्त्रीको जुन पहलकदमी हुनुपर्ने थियो त्यो भएको छैन। उहाँहरुकै कारण सहमतिमा पुग्न सकेका छैनौं।’

प्रकाशित मिति: २०:२२ बजे, सोमबार, जेठ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्