Kathmandu Press

प्रधानन्यायाधीश राउतले गरे काठमाडौँ अदालतमा आकस्मिक निरिक्षण

प्रधानन्यायाधीश राउतले गरे काठमाडौँ अदालतमा आकस्मिक निरिक्षण
फाइल तस्बिर।

काठमाडौं, जेठ २६ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार काठमाडौँ जिल्ला अदालतमा आकस्मिक निरिक्षण गरेका छन्। 

राउतले दिउँसो जिल्ला अदालत पुगेर सेवाग्राहीसँग सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए। 

Hardik ivf

प्रधानन्यायाधीश राउत न्यायपरिषद्का कर्मचारीहरू लिएर काठमाडौं जिल्ला अदालतमा पुगेका थिए। राउतले यसअघि सर्लाही जिल्ला अदालतको पनि आकस्मिक निरिक्षण गरेका थिए। 

आकस्मिक रुपमा काठमाडौं अदालत पुगेका उनले सेवाग्राहीसँग अदालतको काम कारबाही, सेवा प्रवाहमा हुने गरेका ढिलासुस्ती, समस्या जस्ता बिषयमा कुराकानी गरेका थिए। राउतले करिव एक घण्टा अदालतको निरिक्षण गरेका थिए। 

प्रकाशित मिति: २०:०९ बजे, सोमबार, जेठ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्