Kathmandu Press

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

दलहरुबीच सहमति नबन्दा संसद सचिवालयले सूचना टाँस गरेर बैठक बुधबार १ बजेसम्मका लागि स्थागित गरेको हो। 
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभा बैठकको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। 

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन्।

आज २ बजेका लागि बोलाइएको बैठक कबिर २ घण्टा ढिलो गरी सुरु भएको थियो। सुरु भएलगत्तै विपक्षी दलहरू बैठक अवरुद्ध गरेका थिए। 

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थागित गरेका थिए। 

तर, दलहरुबीच सहमति नबन्दा संसद सचिवालयले सूचना टाँस गरेर बैठक बुधबार १ बजेसम्मका लागि स्थागित गरेको हो। 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, जेठ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्