रोल्पामा चट्याङ लागेर दुईको मृत्यु
रोल्पा, वैशाख २५ : रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
बिहीबार परेको चट्याङ लागेर ६३ वर्षीय भ....

रोल्पा, वैशाख २५ : रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
बिहीबार परेको चट्याङ लागेर ६३ वर्षीय भीमबहादुर विक र ४० वर्षीय चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए।
चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको छ। घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताए।
प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












