Kathmandu Press

काठमाडौँ महानगरका तत्कालिन इन्जिनियरविरुद्ध ४ करोड ५६ लाख भ्रष्टाचारको अभियोग

काठमाडौँ महानगरका तत्कालिन इन्जिनियरविरुद्ध ४ करोड ५६ लाख भ्रष्टाचारको अभियोग

काठमाडौं, जेठ २६ : काठमाडौँ महानगरका अवकाशप्राप्त इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त इन्जिनियर कोइरीले गैरकानुनी रुपमा (अकुत) सम्पत्ति आर्जन गरेको आरोपसहित सोमबार अभियोगपत्र दर्ता गरेको हो। 

अख्तियारको अनुसन्धानबाट कोइरीले पदीय दुरुपयोग गरी चार करोड ५८ लाख रूपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको तथ्य फेला परेको छ। अभियोगपत्र अनुसार उक्त सम्पत्ति भ्रष्टाचारबाट आर्जन गरेको दाबी अख्तियारको छ।
 
कोइरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप गैरकानुनी रुपमा आर्जित सम्पत्ति जफत गरी विगो वमोजिम जरिबाना र जेल सजायको माग गरिएको छ। उनी काठमाडौं महानगरका सातौँ तहका इन्जिनियर थिए।

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, जेठ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्