Kathmandu Press

प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आजको सुरु हुनेवित्तकै विपक्षी दलहरुले उठेर संसद अवरुद्ध गरेका थिए। बैठक करिब २ घण्टा ढिलो सुरु भएको थियो।
प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं, जेठ २६ : प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्। 

प्रतिनिधिसभाको बैठक आजको सुरु हुनेवित्तकै विपक्षी दलहरुले उठेर संसद अवरुद्ध गरेका थिए। बैठक करिब २ घण्टा ढिलो सुरु भएको थियो।

Hardik ivf

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टापछि बेस्ने गरी स्थागित गरेका थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन्। अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन्।
 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, जेठ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्