Kathmandu Press

प्रधानमन्त्री कार्यालयको चेतावनी पत्र गृह र सामान्य प्रशासन मन्त्रालयमा 

भिजिट भिसा प्रकरणमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको भन्दै अख्तियारमा उजुरी परेको आधारमा आवश्यक कारबाहीका लागि भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखिएपछि गृह र सामान्य प्रशासनमा निर्देशन गएको हो।
प्रधानमन्त्री कार्यालयको चेतावनी पत्र गृह र सामान्य प्रशासन मन्त्रालयमा 

काठमाडौं, जेठ २६ : गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न भनेको छ।

निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसहित उक्त निर्देशन दिइएको हो। 

Hardik ivf

भिजिट भिसा प्रकरणमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको भन्दै अख्तियारमा उजुरी परेको आधारमा आवश्यक कारबाहीका लागि भन्दै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखिएपछि गृह र सामान्य प्रशासनमा निर्देशन गएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सचिव गोविन्द कार्कीका नामबाट निर्देशनसहितको पत्र दुईवटा मन्त्रालयमा गएको हो। उक्त पत्र गृह र सामान्यमा पुगिसकेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण समेत मागेको छ। 

निर्देशन कार्यान्वयन नभए कारवाहीको चेतावनीसहित सचिव कार्कीद्वारा पठाइएको पत्रको व्यहोरोमा लेखिएको छ, ‘ साथै, कर्मचारी व्यवस्थापनमा यस्तो प्रवृत्ति पुनरावृत्ति भैरहेमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १५ को उपदफा (४) र निजामती सेवा ऐन, २०४९ को दफा १८क को उपदफा (३) बमोजिमको कारवाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत आदेशानुसार अनुरोध गर्दछु।’ 

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, जेठ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्