Kathmandu Press

दुर्गां प्रसाईंविरुद्धको अभियोगमा थुनछेक बहस सुरु 

बहसका क्रममा प्रसाईंको हिंसात्मक गतिविधिमा प्रत्यक्ष संलग्नता नरहेको दाबीसहित साधारण तारिखमा छाड्नुपर्ने माग कानुन व्यवसायीको छ। 
दुर्गां प्रसाईंविरुद्धको अभियोगमा थुनछेक बहस सुरु 

काठमाडौं, जेठ २६ : तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंको थुनछेक बहस सुरु भएको छ। 

काठमाडौं जिल्ला अदालतमा भएको थुनछेकसम्वन्धी बहसमा प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ताहरु डा.भिमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलाल लगायत ६ जनाले बहस गरेका छन्। 

Hardik ivf

बहसका क्रममा प्रसाईंको हिंसात्मक गतिविधिमा प्रत्यक्ष संलग्नता नरहेको दाबीसहित साधारण तारिखमा छाड्नुपर्ने माग कानुन व्यवसायीको छ। 

जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले प्रसाईंलाई राज्यविरुद्धको कसुरसहित कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठीत अपराध र एकीकृत कसुरमा पनि सजाय गर्न माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 

जिल्ला न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस चलिरहेको छ। प्रसाईंसहितका प्रतिबादीको थुनछेक बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन्। 

त्यसपछि उनीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने वा थुनाबाहिर राखेर पुर्पक्ष गर्ने भन्ने बिषयमा आदेश आउने छ। 

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, जेठ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्