Kathmandu Press

भिजिट भिसा प्रकरण : दुवै पक्षलाई मान्य हुने गरी समझदारी पत्रको गृहकार्य

सोमबार २ बजे बस्ने प्रतिनिधिसभा बैठक अघि नै सहमति जुटाउने प्रयासमा दलहरु जुटेका छन्।
भिजिट भिसा प्रकरण : दुवै पक्षलाई मान्य हुने गरी समझदारी पत्रको गृहकार्य

काठमाडौं, जेठ २६ : भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न संसदको गतिरोध अन्त्यका लागि दलहरु छलफलमा जुटेका छन्। 

अहिले सत्तापक्ष र प्रतिपक्षी दलबीच छलफल जारी छ। उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन्। 

जेठ १५ गते भने बजेट प्रस्तुत गर्न दिएका थिए। सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउने समझदारीमा छलफल चलिरहेको छ। 

सोमबार २ बजे बस्ने प्रतिनिधिसभा बैठक अघि नै सहमति जुटाउने प्रयासमा दलहरु जुटेका छन्। विपक्षी दलले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने माग गर्दै आइरहेको छ। 

उनीहरुले सहमतीको भाषा संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति राख्नुपर्नेमा जोड दिँदै आएका छन्। पाण्डेले दुवै पक्षलाई सम्बोधन हुने गरी समझदारी पत्रको तयारीको गृहकार्य भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, जेठ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्