Kathmandu Press

दुई वटा संसदीय समितिको बैठक बस्दै 

बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, जेठ २६ : संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ ।

राज्य व्यवस्था समितिको बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल विद्युत प्राधिकरणले २०८२ साल वैशाख महिनामा जारी गरेको श्वेतपत्रका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: ०७:३९ बजे, सोमबार, जेठ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्