Kathmandu Press

प्रसाईंविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ अवस्थामा  

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि सोमबारका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
प्रसाईंविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ अवस्थामा  

काठमाडौं, जेठ २५ : तीनकुने हिंसा प्रकरणमा मुद्दा चलाइएका दुर्गा प्रसाईंलगायतको सुनुवाई आइतबार ‘हेर्दाहेर्दै’ अवस्थामा रहेको छ। 

प्रसाईंको तर्फबाट आइतबार वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बचाउमा बहस गरेका थिए। 

Hardik ivf

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि सोमबारका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। प्रसाईं राज्य विरुद्धको कसुरलगायत मुद्दामा प्रसाईं थुनामा छन्। 

प्रसाईंमाथि राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजायको मागसहित अभियोगपत्र दर्ता भएको थियो। 

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले गत चैत १५ मा गरेको तीनकुने हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेस रजकसहित दुईजनाको ज्यान गएको थियो । 

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्