स्कटल्यान्डले दियाे नेपाललाई ३२४ रनको विशाल लक्ष्य
डुन्डीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३२३ रन बनाँदै नेपाललाई विशाल लक्ष्य दिएको हो।
काठमाडाैं, जेठ २५ : आईसिसी विश्वकप लिग २ को त्रिणात्मक सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य दिएको छ।
डुन्डीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३२३ रन बनाँदै नेपाललाई विशाल लक्ष्य दिएको हो।
स्कटल्यान्डका लागि कप्तान रिचि बेरिङ्टनले शतक बनाए। उलने ११४ बलमा ६ चौका र ४ छक्का मद्दतमा १०२ रन बनाए। यस्तै, माइकल लेस्कले विस्फोटक इनिङ खेल्दै नटआउट ९६ रन बनाए। उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। उनले अन्तिम ओभरमा करण केसीलाई लागतार ३ छक्का हानेका थिए।
यस्तै, चार्ली टेअरले ६५ बलमा ६८ रन बनाउँदा मार्क वाटले ९ बलमा २१ रन बनाए।
बलिङमा नेपालका करण केसी र दीपेनद्रसिंह ऐरीले समान २ विकेट लिँदा ललित राजवंशीले १ विकट लिए।
पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको तिज निकालेको नेपालले लगातार तेस्रो जितको खोजीमा छ। तर, यो विशाल लक्ष्य पछ्याउन नेपाली ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्नुपर्ने छ।