रसायनिक मलको सहज व्यवस्थापन असम्भव : मन्त्री अधिकारी
‘हामीले रसायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौं। कारण के हुनसक्छ भन्दा आर्थिक रुपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौं।’-(3)-1749383433.jpg)
काठमाडौं, जेठ २५ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रसायनिक मलको सहज व्यवस्थापन हुनसक्ने अवस्था अहिलेको समयमा नरहेको बताएका छन्।
आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रसायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रसायनिक मल उपलब्ध रहेको बताएका हुन्।
‘रसायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था अहिलेको समयमा छैन। १३ लाख टन रसायनिक मल बजारमा आवश्यक छ। हामीसँग साँढे ४ लाख टन मात्रै रसायनिक मल छ,’ उनले भने, ‘हामीले रसायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौं। कारण के हुनसक्छ भन्दा आर्थिक रुपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौं।’
साथै उनले रसायनिक मलका लागि बजारमा जुन ढंगको आलोचना भइरहेको छ त्यसलाई स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नुपर्ने बताए।
मन्त्री अधिकारीले रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानिय तहमा पुर्याइने बताए।
‘आर्थिक रुपमा हामी चाहिँ रसायनिक मलका लागि जति व्यवस्थापन गर्न सक्नुपथ्र्यो त्यो सकेका छैनौं। सहज व्यवस्थापन हुन सकेको छैन र बजारमा जुन ढंगको आलोचना भएको छ त्यसलाई हामीले स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि हामीले प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौं,’ उनले भने, ‘प्रदेशमार्फत प्रत्येक स्थानिय तहमा आवश्यकताका आधारमा व्यवस्थापन गर्ने काम गरेको छौं मन्त्रालयको तर्फबाट।’