Kathmandu Press

दोस्रोपल्ट सूचना टाँसेर प्रतिनिधिसभाको बैठक सारियो 

आइतबार एक बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको थियो। सहमति नजुटेका कारण बैठक बस्न नसकेपछि फेरी सवा तीन बजे सम्मका लागि सूचना टाँसेर सारियो। 
दोस्रोपल्ट सूचना टाँसेर प्रतिनिधिसभाको बैठक सारियो 

काठमाडौं, जेठ २५ : प्रतिनिधिसभाको बैठक पुनः सूचना टाँसेर दोस्रो पटक सारिएको छ। 

आइतबार एक बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको थियो। सहमति नजुटेका कारण बैठक बस्न नसकेपछि फेरी सवा तीन बजे सम्मका लागि सूचना टाँसेर सारियो। 

Hardik ivf

सवा तीन बजे पनि बैठक बस्न नसकेपछि पुनः साढे ५ बजेसम्मका लागि सारिएको हो। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै  विपक्षी दलहरूले जेठ १३ गते यता प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। 

शीर्ष दलहरुबीच विभिन्न चरणमा वार्ता र छलफल भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, जेठ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्