केही दिनमै स्थायी कमिटी बैठक बोलाउँछौँ : प्रचण्ड
काठमाडौं, वैशाख २५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै स्थायी कमिटी बैठक बोलाउने ब....

काठमाडौं, वैशाख २५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै स्थायी कमिटी बैठक बोलाउने बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दैै उनले गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक निर्धारित समयमा बस्न नसकेको बताएका हुन्।
उनले दुवै अध्यक्ष बसरे एक–दुई दिनभित्रै स्थायी कमिटीको बैठक बोलाउने बताए। स्थायी कमिटीको बैठक आजका लागि तय भएको थियो।
तर, एजेन्डा तय गर्न बुधबार बसेको सचिवालय बैठक निष्कर्षविहीन भएपछि स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ। उनले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको प्रचण्डले बताए।











