संसद खुलाउन सत्ता पक्ष र विपक्षीबीच सहमतीको ‘ड्राफ्ट’ बन्दै
लिखित प्रस्तावको ड्राफ्ट तयार भएपछि शिर्ष नेताविच छलफल गरेर संसद खुलाउने तयारी भइरहेको छ।
काठमाडौं, जेठ २५ : संसदको गतिरोध अन्त्यका लागि सत्तारुढ दल र विपक्षी दलबीच सहमतीको तयारी भइरहेको छ।
पक्ष प्रतिपक्षविच सहमतिका लागि लिखित प्रस्ताव तयार हुँदैछ।
नेपाली कांग्रेस र विपक्षी दलका नेताबीच भएको छलफलपछि सहमतिको प्रश्ताव ‘ड्राफ्ट’ गर्न थालिएको हो। लिखित प्रस्तावको ड्राफ्ट तयार भएपछि शिर्ष नेताविच छलफल गरेर संसद खुलाउने तयारी भइरहेको छ।
अध्यागमनको संरचनागत, नीतिगत र कानुनी सुधारका लागि अध्ययन तथा छानबिन समिति बनाउने बिषयमा सत्ता पक्ष लचिलो भएपछि सहमति नजिक पुगेको हो । ड्राफ्ट तय गर्न सरकार र विपक्षी दलका प्रतिनिधि जुटेका छन्।
प्रकाशित मिति: १७:११ बजे, आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार