Kathmandu Press

संसद खुलाउन कांग्रेस र माओवादी नेताहरु छलफलमा

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्कीलगायत सहभागी छन् भने माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन, शक्तिबहादुर बस्नेत सहभागी छन्।
संसद खुलाउन कांग्रेस र माओवादी नेताहरु छलफलमा

काठमाडौं, जेठ २५ : संसदमा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा जुटेका छन्। 

दुई दलका नेताहरूबीच नयाँ बानेश्वरस्थित संसद्‌ भवनमा छलफल भइरहेको छ। 

Hardik ivf

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्कीलगायत सहभागी छन् भने माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन, शक्तिबहादुर बस्नेत सहभागी छन्।

प्रतिक्षी दलहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन्। सदनको सोही अवरोध हटाउन कांग्रेसले माओवादीका नेताहरुसँग छलफल गरेको हो।

सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले पनि पहल गरिरहेका छन्। उनले आजै शीर्ष तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए। तर, प्रतिक्षीले आफ्नो अडान कायमै राखेपछि बैठक निष्कर्षबिहीन बनेको थियो।

गत शुक्रबार पनि यही विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरू पूर्णबहादुर खड्का खड्का,  ज्ञानेन्द्र कार्की,  प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतसँग छलफल गरेका थिए। त्यो छलफलबाट पनि कुनै निष्कर्ष भने निस्किएको थिएन्।

शनिबार अध्यक्ष दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठ पुगे नै भेटेका थिए। 

आज १ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक सारिएको छ। 

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्