नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले १८ प्रतिवादीसँग ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। उसले बिगोबमोजिम कैद र जरिवानासमेत माग गरेको छ।
काठमाडौं, जेठ २५ : नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरद्ध भ्रष्टाचार मुद्दा दाय भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले पहाडी र पौडेलसँगै तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, तत्कालिन निमित्त निर्देशक अमुल प्रधान, तत्कालिन प्रवन्धक देवेन्द्र खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
यस्तै, तत्कालिन उपप्रवन्धकहरु राजीवकुमार केसी, नवल चौधरी, सन्तोषकुमार श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, मुक्तिप्रसाद अर्याल, परमात्मा भट्टराईविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
अख्तियारले १८ प्रतिवादीसँग ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। उसले बिगोबमोजिम कैद र जरिवानासमेत माग गरेको छ।
अख्तियारले बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले सो रकम असुल उपर गर्नसमेत माग गरेको छ।