Kathmandu Press

भूमि समस्याका कामलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

ओलीले आयोगले भूमिहीन दलित, सुुकुम्वासी तथा अव्यवस्थित बसोवासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन समेत दिएका छन्। 
भूमि समस्याका कामलाई तीव्रताका साथ अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, जेठ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक चाँडो पाति हुने बताएका छन्। 

आइतबार भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे छलफलकाक्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

साथै ओलीले आयोगले भूमिहीन दलित, सुुकुम्वासी तथा अव्यवस्थित बसोवासीको पहिचानका कामलाई योजनाबद्ध र तीव्रताका साथ अघि बढाउन निर्देशन समेत दिएका छन्। 

सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको थियो। आयोगले छलफलकाक्रममा प्रधानमन्त्रीलाई भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको थियो। 

छलफलमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी समेत सहभागी थिए। 

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दश वर्षदेखि बसोवास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुुकुम्वासी पहिचान गर्ने तथा अव्यवस्थित बसोवासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनमा आवाद÷कमोद गरेर बसोवास गरिरहेको हुनुुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराएका थिए। त्यसक्रममा प्रधानमन्त्री ओलीले संसदमा विचाराधीन विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्