Kathmandu Press

सुन तोलामा तीन हजारले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छ।
सुन तोलामा तीन हजारले घट्यो

काठमाडौं, जेठ २५ : शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छ।

यस्तै, चाँदीको मोल पनि तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य  दुई हजार १४५ निर्धारण भएको छ। 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्। 

प्रकाशित मिति: ११:१८ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्