Kathmandu Press

अमेरिकाबाट ४८ नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आजै काठमाडौं ल्याईदै 

नेपालको अध्यागमन श्रोतले दिएको जानकारी अनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएकोले तयारी गर्न अमेरिकी दुतावासले अध्यागमनलाई जानकारी गराएको बताइएको छ ।
अमेरिकाबाट ४८ नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आजै काठमाडौं ल्याईदै 

काठमाडौं, जेठ २५ : आज नेपाली समयनुसार आइतबार दिउँसो अमेरिकाबाट चार्टड विमानमा राखी डिपोर्ट गरिएका ४८ भन्दा बढी नेपाली काठमाडौं विमानस्थलमा आउने भएका छन् । नेपालको अध्यागमन श्रोतले दिएको जानकारी अनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएकोले तयारी गर्न अमेरिकी दुतावासले अध्यागमनलाई जानकारी गराएको बताइएको छ ।

यति ठुलो सख्यामा डिर्पोट गरिएको यो पहिलो घटना हो । यी डिर्पोट भएकाहरु सन २०११ देखि यताको अनुमान गरिएको छ । डिर्पाटमा परेकाहरु धेरैजसो दलाललाई ६० देखि करोड सम्म बुझाएर गएको हुनसक्ने बताइएको छ । अध्यागमन विभागलाई ४८ जना नेपाली डिपोर्ट हुने प्रारम्भिक जानकारी दिइएको छ तर त्यो सख्या तलमाथी हुनसक्ने बताइएको श्रोतले दावी गरेको छ ।

Hardik ivf

डिपोर्ट भएकाहरू काठमाडौं अध्ययागमन विभागमार्फत प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोको जिम्मा लगाइनेछ। ब्यूरोले हालसम्म अमेरिकाबाट डिपोर्ट भएका कसैलाई पनि लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखेको छैन।  उनिहरुले परिवारलाई जानकारी दिए पनि सार्वजनिक रुपमा दलालमार्फत गएको बताउने गरेका छैनन ।

डिर्पोट हुनु अघि अमेरिकामा रहेको नेपाली दुतावास वासिंटन डिसीमा नेपालीहरुको यकिन विवरण बताएर आवश्यक कागजात बनाउने गरिएको छ । पछिल्लो समय यसरी आइसको अनुरोधमा उलेख्य संख्यामा नेपालीहरुको ट्राभल डकुमेन्ट बनाइ रहेको दुतावास श्रोतले बताउने गरेको छ । 

अमेरिकाले सन् २०२५ को मे महिनामा मात्रै ५८ जना नेपाली नागरिकहरु डिपोर्ट गरिसकेको विभिन्न तथ्यांकहरुबाट पुष्टि भएको छ । अघिल्लो महिना अप्रिलमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या २६ जना रहेकोमा विभिन्न सन्चार माध्यमहरुले जनाएका छन । 

प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्