Kathmandu Press

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने 

महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने 

काठमाडौं, जेठ २५ : हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

Hardik ivf

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका  एक÷दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका  एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, जेठ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्