बाजुराको बुढीगंगास्थित बाम्का बजारमा भीषण आगलागी
प्रहरीका अनुसार बाम्का बजारस्थित नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । अहिलेसम्म आगलागीबाट १७ वटा पसल जलेका छन् ।
बाजुरा, जेठ २३ : बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार बाम्का बजारस्थित नवदुर्गा होटेलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । अहिलेसम्म आगलागीबाट १७ वटा पसल जलेका छन् ।
अहिले स्थानिय र प्रहरी मिलेर आगलागी नियन्त्रणको प्रयास जारी छ । दिउँसो चार बजेबाट आगो लागेको भए पनि अहिलेसम्म आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट मानविय क्षति नभए पनि ठूलो भौतिक क्षति भएको जनाइएको छ ।
प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार