Kathmandu Press

सैन्य तालिम समापन, २९५१ जना सैन्यहरू दीक्षित 

नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न १९ स्थानहरुमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,५६४ जना पुरुष तथा ३८७ जना महिला गरी कुल २,९५१ जना सैन्यहरू दीक्षित भएका हुन् । तालिम समापन समारोहका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । 
सैन्य तालिम समापन, २९५१ जना सैन्यहरू दीक्षित 

काठमाडौं, जेठ २२ : नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरुमा सञ्चालित सैन्य आधार तालिमको आज समापन भएको छ । 

नेपाली सेनाका तालिम केन्द्र सहित विभिन्न १९ स्थानहरुमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी २,५६४ जना पुरुष तथा ३८७ जना महिला गरी कुल २,९५१ जना सैन्यहरू दीक्षित भएका हुन् । तालिम समापन समारोहका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए । 

Hardik ivf

तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रम अन्तर्गत श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी निर्मल कुमार थापा, श्री नं २ सैन्य तालिम केन्द्र, सैना मैनामा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह लगायत विभिन्न पृतना, बाहिनी तथा गण र गुल्महरुमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरुले  कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए । 

1-(1)-1749211855.jpg
 

विभिन्न तालिम केन्द्रहरुमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, जेठ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्