Kathmandu Press

नेपाल भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहीलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान 

आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरिएको हो । 
नेपाल भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहीलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान 

काठमाडौं, जेठ २२ : नेपाली सेनाले नेपाल भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण २०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागीलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरेको छ । 

आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरिएको हो । 

संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोली मध्ये नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जनाले मिति २०८२ ज्येष्ठ ०५ र ०६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थिए ।कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, जेठ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्