नेपाल भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहीलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान
आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरिएको हो ।काठमाडौं, जेठ २२ : नेपाली सेनाले नेपाल भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण २०२५ अन्तर्गत हिमाल आरोहणमा सहभागीलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरेको छ ।
आज जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा १० जना र केन्द्र एवं वेस क्याम्पबाट समन्वय गर्ने ५ जना गरी १५ जनालाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरिएको हो ।
संयुक्त कञ्चनजङ्घा हिमाल आरोहण टोली मध्ये नेपाली सेनाका १० र भारतीय सेनाका ५ गरी जम्मा १५ जनाले मिति २०८२ ज्येष्ठ ०५ र ०६ गते कञ्चनजङ्घा हिमालको सफलतापूर्वक आरोहण गरेको थिए ।कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, जेठ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार