संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य हुने एमाले प्रमुख सचेतक बर्तौलाको विश्वास
शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताए ।
काठमाडौं, जेठ २३ : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास भै रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको बताए ।
भिजिट भिसा प्रकरणमा दलहरूबिच संवाद जारी रहेका कारण सहमति नै शुक्रबार सूचना टाँस गरी सदन स्थगित गरिएको उनले बताए । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने विपक्षीको मागका विषयमा बर्तौलाले कुनैपनि संवैधानिक निकायलाई कमजोर बनाउने काम गर्न नहुने धारणा राखे । राज्यका संवैधानिक निकायहरूमाथि अविश्वास गर्न थाले उनीहरू कमजोर हुँदै जाने उनको भनाइ छ ।
उनले संवैधानिक निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न सक्न वातावरण बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले दलहरूबिच भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढेकाले आइतबारको सदन बैठक अवरुद्ध नहुने विश्वास व्यक्त गरे ।