Kathmandu Press

खोटाङका तत्कालीन जिसिअसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले प्रतिबादीबाट २५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको माग दाबी लिएको छ।
खोटाङका तत्कालीन जिसिअसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ७ जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

खोटाङको श्री कृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माको चार कोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपसहित तत्कालिन जिशिअलगायत माथि आरोप पत्र दायर भएको हो। 

अख्तियारले तत्कालीन जिशिअ नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सबइन्जिनियर शिवराज राई, श्री कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई, अर्का अध्यक्ष टिकाराम राई, विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जय प्रसाद राईलाई भ्रष्टाचारमा प्रतिबादी बनाएको  । 

झुट्टा बिल भरपाइका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार रुपैयाँ बराबरको रकम आफूहरुलाई लाभ र नेपाल सरकार÷सार्वजनिक संस्थालाई गैरकानूनी हानि पु¥याउने बदनियत राखेको अभियोग दाबी छ। 

अख्तियारले प्रतिबादीबाट २५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको माग दाबी लिएको छ।


 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, जेठ २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्