Kathmandu Press

अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन्। 
अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

मोरङ, जेठ २३ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन्। 

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन्।

Hardik ivf

महामन्त्री थापाले यस प्रकरणले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा अख्तियार र अन्य अनुसन्धान निकायको संरचना, भूमिका र प्रक्रियामा व्यापक सुधार आवश्यक रहेको उल्लेख समेत गरेका छन्। 

त्यसैगरी, पार्टीको आगामी १५औं महाधिवेशनको सन्दर्भमा बोल्दै महामन्त्री थापाले अहिले त्यसबारे सोच्ने समय नभएको स्पष्ट पारे।

उनले आफूलाई १४औं महाधिवेशनमा दिइएको जिम्मेवारी पुरा गर्ने कार्यमा केन्द्रित रहेको समेत बताए। महामन्त्री थापा लोकतान्त्रवादी याक्थुङ संघको अधिवेशनमा सहभागि हुन धरान आएका हुन्। 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, जेठ २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्